गैंडाकोट–नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।

झडपमा परि दुवैतर्फका ६ जना घाइते भएको र चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको नवलपुर प्रहरीले जनाएको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

तपाईको प्रतिक्रिया