गैँडाकोट । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले गैँडाकोट एकले उमेदवार सहितको घरदैलो अभियानलाई तिव्रता दिएको छ । वैशाख १८ गतेदेखि घरदैलो अभियान सुरु गरेको एमालेले वडाका ५ वटा टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रम मार्फत स्थानीय निर्वाचनमा मत माग्दै वडा अध्यक्ष पदमा उमेदवार ध्रुव अधिकारीले वडाको विकास समृद्धिका लागि आफुले उमेदवारी दिएको भन्दै यस पटक आफुलाई मत दिन आग्रह गर्नुभयो । तपाईहरुले गर्नुभएको भरोसा र विश्वासलाई मैले टुट्न दिनेछैन ।  घरदैलोमा मत माग्दै वडाअध्यक्ष पदका उमेदवार अधिकारीले भन्नुभयो ; वडालाई नगरकै उत्कृष्ट वडा बनाउने मेरो योजना र सपना पुरा गर्न तपाईहरुको साथ पाउनेमा आशावादी छु ।

घरदैलो कार्यक्रममा वडा अध्यक्ष अधिकारी सहित सदस्य पदका उमेदवाहरु प्रेम शर्मा पौडेल, सीता लम्साल, छलिमाया विक र चेलिमाया सारु मगर सगसगै हिड्नुभएको छ । वडा अध्यक्ष सहित सदस्य पदका उमेदवार चारैजनाले वडाको मुहार फेर्न आफुहरुको नेतृत्वको समूहलाई सूर्य चिन्हमा मत दिन आह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया