गैँडाकोट । नारायणीमा पौडी खेल्न गएका गैँडाकोटका एक युवाको पानीमा डुवेर मृत्यु भएको छ । गैँडाकोट नगरपालिका नगरपालिका वडा नं. १ का १७ वर्षका शुसील पौडेलको नारायणी नदीको जमेको पानीमा डुवेर मृत्यु भएको हो ।साथीहरुसँग आज दिउसो पौडी खेल्न गएका उनको  गैडाकाेट १ स्थित सलाई फ्याक्ट्री भन्दा तल नारायाणी नदीको जमेको पानीमा डुवेर ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकाेटले जनाएकाे छ ।

गैँडाकोट नगरपालिका वडा नं. २ को अक्सफोर्ड माध्यामिक विद्यालयमा अध्यनरत पौडेल हाल एसईईको परिक्षा दिइरहेका विद्यार्थी हुन ।
नदीमा डुवेका उनको उद्धार गरि चितवन मेडिकल कलेजमा पुराएपश्चात चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया