×

चितवन सेरोफेरो

यात्रा ग्रुपद्धारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग

यात्रा ग्रुपद्धारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग
चितवन ।  यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्य सामाग्री सहयोग गरेको हो । छात्रावासलाई १५ हजार बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामाग्रीहरुको सहयोग गरिएको ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए । उक्त सामाग्री ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ग्रुपका संरक्षक तथा भरतपुर अस्पतालका...

मालपोत कार्यालय चितवन भोलीवाट खुल्ने

मालपोत कार्यालय चितवन भोलीवाट खुल्ने
चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरले सावधानी अपनाएर सेवादिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ । सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने मंगलवार पदमपुर,हाजीपुर र कविलास क्षेत्रको मात्र काम गरिने मालपोत कार्यालय भरतपुरले सूचना प्रकाशित गरी सर्वसाधरणलाई जानकारी गराएको हो । यस्तै बुधवार कल्याणपुर,देवौली र नारायणगढ क्षेत्रलाई समेटिएको छ ।विहिवार जुटपानी ,शि...

शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु
भरतपुर । चितवनमा करेन्ट लागेर दुईजना सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो । गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ । सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनमा थप २४ जनामा कोरोना पुष्टि

चितवनमा थप २४ जनामा कोरोना  पुष्टि
भरतपुर । चितवनमा आज (शनिबार) थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ११ र बाँकी अन्य जिल्लाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । यस्तै नवलपरासी पूर्वका ८ जना, बाँके, काठमाडौं, रुपन्देही, तनहुँ र लमजुङका एक÷एक जना रहेका छन् ।

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण

चितवनमा  थप ८७ जनामा कोरोना संक्रमण
भरतपुर । केही दिन संक्रमणको दर घटेको चितवनमा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । शुक्रबार ७१ जनामा कोरोना पोजेटिभ देखिएकोमा शनिबार बिहान सार्वजनिक विवरणमा जिल्लाका थप ८७ जनामा पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल मातहतमा रहेको भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतप...

वडा प्रहरी कार्यालय नारायणगढका थप १३ प्रहरीमा कोरोना पुष्टि

वडा प्रहरी कार्यालय नारायणगढका थप १३ प्रहरीमा कोरोना पुष्टि
चितवन   । वडा प्रहरी कार्यालय नारायणगढका थप १३ जना प्रहरीमा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गत आइतबार ४ जना प्रहरीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा थप १३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबैजनालाई वडा प्रहरी कार्यालयको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । उनिहरु मध्य केहीलाई समान्य लक्षण देखिएको थापाले बताउनुभयो । कार्यालयका ३७ प्रहरीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अन्य २३...

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुुग्लिन सडकखण्ड खुल्यो

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुुग्लिन सडकखण्ड खुल्यो
चितवन । पहिरोका कारण विहानैदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दिउसो देखि सन्चालनमा आएको छ ।इच्छाकामना गाउँपालिका वडा नं ६ पाँच किलो नजिक पहिरो गई अवरुद्ध सडक अपरान्ह साढे ४ वजेदेखि दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्राफिक नियमको पालना गरी सुरक्षित रुपमा यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका थिए ।

बागमती प्रदेशका प्रमुख सचिवद्धारा गणेशधामको अवलोकन

बागमती प्रदेशका प्रमुख सचिवद्धारा  गणेशधामको अवलोकन
भरतपुर ।  बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्माले भरतपुर ११ मा निर्माणाधिन गणेशधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले आज गणेशधामको अवलोकन गर्दै परियोजनालाई पूर्णता दिन प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “म चितवनमा बसेर काम गरेकोले यहाँको धेरैकुरा थाहा छ,उहाँले भन्नुभयो’, गणेशधाम भरतपुरको महत्वपूर्ण परियोजना हो ।” प्रदेशसभा सांसद विजय सुवेदीले गणेशधाम निर्माणमा भइरहेको प्रगती र प्रदेश सरकारको सहयोगका विषयमा प्रमुख सचिवलाई जानकारी गराउनुभ...

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ सय नाघ्यो

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ सय नाघ्यो
चितवन। चितवनमा आज (शुक्रबार) विहान थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ र अन्य जिल्लाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो। संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २४ देखि ५४ वर्ष उमेर स...