×

भरतपुर ।  बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्माले भरतपुर ११ मा निर्माणाधिन गणेशधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले आज गणेशधामको अवलोकन गर्दै परियोजनालाई पूर्णता दिन प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“म चितवनमा बसेर काम गरेकोले यहाँको धेरैकुरा थाहा छ,उहाँले भन्नुभयो’, गणेशधाम भरतपुरको महत्वपूर्ण परियोजना हो ।” प्रदेशसभा सांसद विजय सुवेदीले गणेशधाम निर्माणमा भइरहेको प्रगती र प्रदेश सरकारको सहयोगका विषयमा प्रमुख सचिवलाई जानकारी गराउनुभएको थियो ।

गतबर्ष मात्रै प्रदेश सरकार र भरतपुर महानगरपालिकाको १ करोड ३४ लाख सहयोगमा गणेशधाममा तलाउ र आइल्याण्ड निर्माणको काम गरिएको गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो । उहाँले यसबर्ष तलाउको ड्याम र मन्दिर तर्फका संरचना निर्माणका काम हुने बताउनुभयो । सो अवसरमा समितिका महासचिव रबिन्द्र बराल,यातायात व्यवसायी रामप्रसाद सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया