
चितवन । वडा प्रहरी कार्यालय नारायणगढका थप १३ जना प्रहरीमा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गत आइतबार ४ जना प्रहरीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा थप १३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबैजनालाई वडा प्रहरी कार्यालयको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । उनिहरु मध्य केहीलाई समान्य लक्षण देखिएको थापाले बताउनुभयो ।
कार्यालयका ३७ प्रहरीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अन्य २३ जनाको रिपोर्ट आउन बाँकी छ । वडामा ४१ जना प्रहरी कार्यरत छन ।