Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । पहिरोका कारण विहानैदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दिउसो देखि सन्चालनमा आएको छ ।इच्छाकामना गाउँपालिका वडा नं ६ पाँच किलो नजिक पहिरो गई अवरुद्ध सडक अपरान्ह साढे ४ वजेदेखि दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्राफिक नियमको पालना गरी सुरक्षित रुपमा यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका थिए ।

तपाईको प्रतिक्रिया