
चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरले सावधानी अपनाएर सेवादिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ ।
सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने मंगलवार पदमपुर,हाजीपुर र कविलास क्षेत्रको मात्र काम गरिने मालपोत कार्यालय भरतपुरले सूचना प्रकाशित गरी सर्वसाधरणलाई जानकारी गराएको हो ।
यस्तै बुधवार कल्याणपुर,देवौली र नारायणगढ क्षेत्रलाई समेटिएको छ ।विहिवार जुटपानी ,शिवनगर र चण्डिभञ्ज्याङ तथा शुक्रवार भरतपुर पटिहानी र दारेचोक क्षेत्रको मात्रै काम गरिने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुुहोस सूचना,