×

चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै
चितवन । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ । चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७र७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले निकुञ्जभित्र नयाँ र पुराना गरी एक हजार ४४३ हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण तथा व...

टेक्ससको युलेस सिटी काउन्सिलमा चितवनका पौडेलको उम्मेदवारी : मे १ मा चुनाव हुँदै

टेक्ससको युलेस सिटी काउन्सिलमा चितवनका पौडेलको उम्मेदवारी : मे १ मा चुनाव हुँदै
टेक्सस  । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगतको युलेस सिटी काउन्सिलको निर्वाचनमा पहिलो पटक नेपाली समुदायका एक अगुवाले उम्मेदवारी दिएका छन् । युलेस सिटीमा विगत १५ वर्षदेखि बस्दै आएका टीका पौडेलले शुक्रवार उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको उम्मेदवारी दर्ताका लागि नेपाली समुदायका अगुवाहरू उल्लेख्य रूपमा सहभागी थिए । युलेस सिटी अफिसमा उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, डा। मुरली अधिकारी, ज्ञानेन्द्र कार्की, शैलेशराज आचार्य, मोहन ज्ञव...

चितवन राष्ट्रिय निकुञ्जमा मरे हात्ती र गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा मरे हात्ती र गैँडा
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ । यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बत...

चलचित्र पत्रकार संघ चितवनको साधारणसभा : कलाकार र पत्रकार सम्मानीत

चलचित्र पत्रकार संघ चितवनको साधारणसभा : कलाकार र पत्रकार सम्मानीत
चितवन। चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद सहित सम्मान गरेको हो । चितवनमा रहेर कलाकारिता मार्फत नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्काबाट सम्मान गरेको छ । श्रेष्ठलाई नगद पाँच हजार ५५५ रुपैयाँ, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्...

विश्व क्यान्सर दिवसको अवसरमा भरतपुरमा दीप प्रज्वलन

विश्व क्यान्सर दिवसको अवसरमा भरतपुरमा  दीप प्रज्वलन
भरतपुर/विश्व क्यान्सर दिवसको अवसरमा बिहीबार भरपुर स्थित चौविसकोठीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाको आयोजनामा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रममा सस्थाका केन्द्रिय उपमहासचिव वद्रीनाथ पोखरेल प्रमुख अतिथी रहनु भएको थियो । सुर्तिजन्य पदार्थ रहित समाजको सिर्जना, हाम्रो परिकल्पना भन्ने मुल नाराका साथ विश्वका क्यान्सर रोगीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । नेपाल अर्वुद रोग निवारण सस्था चितवन श...

चितवनमा प्रचण्ड-नेपाल समूहलाई ठुलाे झड्का; पूर्वका हस्ती नेता इमानसिंह लामा ओली समूहमा

चितवनमा प्रचण्ड-नेपाल समूहलाई ठुलाे झड्का; पूर्वका हस्ती नेता इमानसिंह लामा ओली समूहमा
चितवन । चितवनमा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वृहत् आमसभा भएसँगै ओली पक्षमा खुल्नेहरुको संख्या बढ्दै गएको छ । हिजो नेपाल समूहमा रहेका नेताहरु प्रत्येक दिन ओली समूहमा फर्कने लहर नै चलेको छ । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा पनि ओली समूहमा फर्किएका छन् । लामा राप्ती नगरपालिका नगर कमिटीका अध्यक्षपनि हुन् । देशभर प्रचण्ड–नेपाल समूहले आमहडताल गरिरहँदा उममेयर लामा भने बिहीबार दिनभर नगर कमिटीको बैठकमा केन्द्रित थिए । राप्ती नगरपालिकाका धेरै वडा अध्यक्षहरु पनि ओ...

चितवनमा प्रचण्ड -माधव (समूह) को मसाल जुलुसलाई प्रहरीले लखेट्यो (फाेटो सहित)

चितवनमा प्रचण्ड -माधव (समूह) को मसाल जुलुसलाई प्रहरीले लखेट्यो (फाेटो सहित)
चितवन । विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्ति पश्चात आत्तिएको नेकपा प्रचण्ड माधव समूहले भोलीको आमहडताल सफल पार्न भन्दै चितवनमा आज साँझ निकालेको मसाल जुलुसलाई प्रहरीले लखेटेको छ। नारायणगढ स्थित लायन्सचोकबाट निक्लेको मसाल जुलुसलाई प्रहरीले तितरवितर पार्दै अवरोध गरेको हो । पुल्चोकमा पुगेर कोणसभा गर्ने तयारी गरेको प्रचण्ड माधव समूको मसाल जुलुस शहिदचोकमै कोणसभामा परिणत भयो । मसाल जुलुसमा सहभागी युवाहरुले समातेको मसाललाई प्रहरीले खोसेर सडक किनारको नालीमा फालेको थ...

दिवा खाजामा खिर खान मान्दैनन् चेपाङ बालबालिका

दिवा खाजामा खिर खान मान्दैनन् चेपाङ बालबालिका
चितवन । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ । जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत खटिन्छन् । स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूलको खोजीमा जाने गर्दछन् । ती बालबालिकालाई बीचैमा विद्यालय नछाडून् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजा...

खैरहनी उद्योग वाणिज्य संघमा नेकपालाई धक्का : अध्यक्षमा कांग्रेस प्यानलका दिपेन श्रेष्ठ  बिजयी

खैरहनी उद्योग वाणिज्य संघमा नेकपालाई धक्का : अध्यक्षमा कांग्रेस प्यानलका दिपेन श्रेष्ठ  बिजयी
चितवन । खैरहनी उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेस प्यानलका दिपेन श्रेष्ठ  बिजयी भएका छन् । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य संघको १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनबाट कांग्रेस प्यानलबाट अध्यक्षको पदमा उमेदवारी दिएका श्रेष्ठले सानदार जित हासील गरेका हुन् । कुल १४३० मतदाता रहेको संघमा श्रेष्ठले ७९९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी शेष कुमारी सडौला ओलीले जम्मा ४७६ मत प्राप्त गरिन । त्यस्तै वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका ध...