Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन। चितवनको नारायणगढमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । नारायणी मोटर्स (बजाज शो रुम) नारायणगढ, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी, ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन, लायन्स क्लब अफ नारायणगढ नारायणी र एबिसी नारायणी मोटर्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सो रक्तदानमा १२ जना महिला सहित ५६ जनाले रक्तदान गरेका नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले जानकारी दिनुभयो ।

आफूहरुले हरेक तीन÷तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको भए पनि कोभिडका कारण केही समय प्रभावित भएको उहाँले बताउनुभयो । केही समय रोकिएको रक्तदान कार्यक्रम पुनः प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

जिल्लामा रगतको माग बढ्दै गइरहेको अवस्थामा रक्तदान कार्यक्रम भने न्यून हुने गरेकाले नियमित कार्यक्रमस्वरुप बिहीबार रक्तदान कार्यक्रम सञ्चालन गरिएको चुकेले बताउनुभयो । केही समय स्थगित भएर सुरु गरिएको रक्तदान कार्यक्रमलाई अब पुनः हरेक तीन महिनामा आयोजना गरिने चुकेको भनाइ थियो ।

तपाईको प्रतिक्रिया