×

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनको अध्यक्षमा पार्वती रावल र सचिवमा प्रकाश खनाल चयन भएका छन । नेकपा चितवनको आज भरतपुरमा बसेको बैठकले यस अगाडीका अध्यक्ष र सचिबलाई जिम्मेवारी मुक्त गरि रावल र खनाललाई सो जिम्मेवारी दिईएको हो ।

नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेल तथा प्रदेश सह- इन्चार्ज काशीनाथ अधिकारी सहितको उपस्थितिमा भएको सो बैठकले जिम्मेवारी प्रदान गरेको नेकपा प्रदेश कमिटी सह-इन्चार्ज काशीनाथ अधिकारीले  जानकारी दिनुभयो । साथै नेकपाका केन्द्रिय सदस्य हरि सापकोटालाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेश कमिटीको बैठकले सिफारिस गरेको पनि अधिकारीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया