Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । संसद विघटनविरुद्धमा नेपाली काँग्रेसको देशव्यापी विरोध कार्यक्रम अन्तरगत भोलि सोमबार चितवनमा विरोधसभा हुँदैछ ।

काँग्रेस चितवनको आयोजनामा भरतपुरको चौविसकोठी चोकमा दिउँसो विरोधसभा हुन लागेको हो । विरोधसभालाई नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस चितवनका सभापति जितनाराण श्रेष्ठले जानकारी दिए । यस्तै सभालाई नेतृ सरिता प्रसाईले समेत सम्बोधन गर्नेछिन् ।

विरोधसभा अघि केन्द्रीय बस टर्मिनल भरतपुरबाट वृहत र्‍याली निस्किने छ । दिउँसो १२ः१५ बजेदेखि सुरु हुने र्‍याली दिउँसो १ बजे विरोधसभामा परिणत हुनेछ ।काँग्रेस चितवनले विरोधसभामा सहभागिता जनाउन ४० हजार जनालाई पत्र पठाएर निम्तो गरेको छ । कार्यकर्तालाई सवारी साधनमा बोक्दा खर्च बढी हुने भएपछि स्वतःस्फूर्त उपस्थित गराउन पत्रचार गरेको हो ।

काँग्रेस चितवनका सभापति श्रेष्ठका अनुसार जिल्लामा रहेका २८ हजार क्रियाशिल सदस्यसहित ४० हजार नेता कार्यकर्तालाई पत्र पठाएर बिरोधमा सहभागी हुन निम्तो गरिएको छ । काँग्रेसले जिल्लाका सात वटा स्थानीय तहका ९८ वटा वडा समिति मार्फत घरघरमा पत्र पठाएको हो । प्रतिनिधिसभा विघटन पछि काँग्रेसले वडा, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र हुँदै जिल्ला तहमा बिरोध कार्यक्रम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया