Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको बताइन् ।

राज्य कोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी सम्झौता गरिएको हो भन्ने प्रश्नमा मन्त्री अर्यालले आफूहरुको यसमा संलग्नता नभएको बताइन् ।

मन्त्री अर्यालले मल ल्याउन सक्ने वा नसक्ने कुरा मन्त्रीको सफलता वा असफलतासँग जोड्ने गरिएको भन्दै यसपटक किसानले समयमा नै मल पाउने दाबी गरिन् । ‘अलिकति मल स्टक पनि छ । केही मल आउँदैछ, गत वर्षको जस्तो समस्या यसपटक हुँदैन,’ मन्त्री आर्यालले भनिन्, ‘बीउवीजनको पनि अभाव नहोस् भनेर हामी लागि रहेका छौं ।’

मन्त्री आर्यालले मलको दीर्घकालीन समस्याको समाधान गर्न देश भित्र नै मल कारखाना खोल्ने विषय मन्त्रपिरिषदमा लैजाने तयारी गरिएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया