कांग्रेस सभापति देउवा शनिबार चितवन आउँदै
चितवन । नेपाल तरुण दलले चितवनमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा तरुणको राष्ट्रिय भेला गर्न लागिएको हो । शनिबार हुने कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन् ।
रत्ननगरको निपनीस्थित होटल स्टार व्याङ्क्वेटमा बिहान साढे ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ । सभापति देउवासँगै सहमहामन्त्री प्रकाशशरण महत, कांग्रेस तरुण विभाग संयोजक नेपाली काग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री शंक...


