Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । आफूलाई राष्ट्रिय अनुसन्धानको उपअनुसन्धान निर्देशक ९एसपी० भएको बताउँदै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार पक्राउपर्नेमा धादिङको त्रिपुरा सुन्दरी घरभएका ४५ वर्षीय बुद्धिप्रसाद पन्त रहेका छन् । उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको आज दिउँसो जानकारी दिएको हो ।

उनलाई खैरहनी नगरपालिका– ८ मा रहेको होटलबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । उनले आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी भएको बताउँदै स्थानीयसँग रकम उठाउने र विभिन्न काम गरिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको उहाँले बताउनुभयो ।

अधिकारीका अनुसार उनी यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रुपमा रहेर काम गरेका व्यक्ति हुन् । काम छाडेर भागेका ती व्यक्ति ठगीमा लागेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका पन्तलाई म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

 

तपाईको प्रतिक्रिया