Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । प्रहरीलाई एकसय रुपैयाँ घुस दिन खाेजेकाे आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक ट्रक चालकलाई आज साँझ  पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ३ नारायणगढबाट सय रुपैँया घुस दिएको आरोपमा ना ३ ख २३२२ न.को ट्रक चालक बुलिङटार गाउँपालिका वडा नं २ देउराली बस्ने बर्ष ३२ का भरत लुंगेली मगर पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरी हवल्दार हरी बहादुर घर्ती मगरले सवारी चेकजाँच गर्ने क्रममा ट्रक लुंगेलीले लाईसेन्स साथमा नभएपछि चितवन राईस मिल समितिको चलानी पत्र भित्र एकसय रुपैँया राखेर घुस दिन खोजेको प्रहरी उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दिए । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया