Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन ।  नेपाल तरुण दलले चितवनमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा तरुणको राष्ट्रिय भेला गर्न लागिएको हो । शनिबार हुने कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन् ।

रत्ननगरको निपनीस्थित होटल स्टार व्याङ्क्वेटमा बिहान साढे ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ । सभापति देउवासँगै सहमहामन्त्री प्रकाशशरण महत, कांग्रेस तरुण विभाग संयोजक नेपाली काग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

भेलाअघि विभिन्न जिल्लाबाट सुरु हुने मोटरसाइकल ¥याली चितवन आउने छ । पूर्वको मकवानपुर, पश्चिमको नवलपुर, दक्षिणको माडीबाट मोटरसाइकल ¥याली सुरु हुने नेपाली कांग्रेस बाग्मती प्रदेश तरुण विभागका सदस्य हेमन्त पाख्रिनले बताए । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन पूरा भएको पाख्रिनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया