चारकिलो गाँजा सहित भरतपुरबाट तीन युवा पक्राउ
सुस्मा न्यौपाने
चितवन । चितवन प्रहरीले चार किलो गाँजा सहित तीनजनालाई भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ जखेडिमाई मन्दिर स्थित प्रहरी विट गणेशस्थानबाट खटिएको गस्ती टोलीले ४ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २ बेलटाँडी बस्ने २१ बर्षका श्याम थापा क्षेत्री, सोहि स्थानका ३२ वर्षका टेकेन्द्र राजवंशी र चितवन ईच्छाकामना गाँउपालिका वडा नं. ७ का २३ वर्षका भिमराज गुरुङ ...


