Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन  । नेपाल कम्युनिष्ट पार्टी  को भातृ संगठन राष्ट्रिय युवा संघ चितवनको जिल्ला समिति घोषणा गरिएको छ । आज भरतपुरमा आयोजित कार्यक्रम मार्फत सुशील केसीको संयोजकत्वमा ५०१ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

यस्तै युवासंघको सह–संयोजकमा शंकर अधिकारी, आशिक तामाङ, भल बहादुर पाख्रिन, शिला बस्नेत, युगदर्शन चापागाँई र प्रकाश श्रेष्ठ चयन हुनु भएको छ । भरतपुर महानगरपालिकाको संयोजकमा सुविन न्यौपाने र सह–संयोजकमा राम कार्की चयन हुनु भएको छ ।

जिल्लाका अन्य पालिकाहरुको संयोजक, सहसंयोजक र कमिटीहरु पनि गठन गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीले  जाानकारी दिनुभयो । सो अवसरमा नेकपाका युवा नेता महेश बस्नेतले युवा संघका जिल्ला कमिटीमा मनोनित भएकाहरुलाई सपथ गराउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया