×

चितवन सेरोफेरो

चितवनको माडीमा जंगली निलगाईको आक्रमणबाट एकको मृत्यु

चितवनको माडीमा जंगली निलगाईको आक्रमणबाट एकको मृत्यु
चितवन । माडीको सोमेश्वर सामुदायिक वनभित्र जंगली निलगाईको आक्रमणबाट माडी नगरपालिका–६ स्याउलीबास निवासी एक जनाको ज्यान गएको छ । बिहान ५ जनाको समूहमा कुचो काट्न वनको भित्री भागमा पुगेका अन्दाजी ५० वर्षका वीरबहादुर तामाङको निधन भएको उनको परिवारिक स्रोतले जनाएको हो । घटनास्थल तर्फ गएकाे प्रहरीकाे टाेली फिर्ता भै नसकेकाे प्रहरी निरिक्षक झलक शर्माले उज्यालो खबरलाई टेलिफोनमा जानकारी दिए ।  

पश्चिमतर्फ बसाइँ सरे चितवन राष्ट्रिय निकुञ्जका गैँडा, घाँस र पानीको खोजी

पश्चिमतर्फ बसाइँ सरे चितवन राष्ट्रिय निकुञ्जका गैँडा, घाँस र पानीको खोजी
चितवन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् ।निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशत बढी गैँडा केन्द्रित भएका हुन् ।पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उनले भने, ‘राप्ती न...

नेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल

नेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल
चितवन । नेपाल बाल संगठन चितवनको जिल्ला भेला तथा सातौं अधिवेशनले रविकिरण पौडेलको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । समितिको सदस्यमा हेमा पौडेल, मुकुन्द प्रसाद विडारी, हरीकृष्ण शर्मा चापागाईं, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई रहेका छन् । ११ सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिनुभयो । निर्वाचित समितिका पदाधिकारीलाई नेपा...

जिसस भरतपुर चितवनको आयोजनामा प्रगति समीक्षा कार्यक्रम सुरु

जिसस भरतपुर चितवनको आयोजनामा प्रगति समीक्षा कार्यक्रम सुरु
चितवन । जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा विहीबारबाट कविलास रिसोर्ट भरतपुर २९ मा प्रगती समीक्षा कार्यक्रम थालिएको छ । विहीबार र शुक्रबार जिल्लामा रहेका सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यलयहरुमा आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष ०७७÷७८ को अर्धवार्षिक प्रगति समीक्षा हुने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । समीक्षा कार्यक्रमको राष्टिय सभा सदस्य पार्वती रावलले उद्घाटन गरिन्...

एक करोड बढी हिनामिना गरी फरार चितवन मालपोतका तत्कालीन अधिकृत पक्राउ

एक करोड बढी हिनामिना गरी फरार चितवन मालपोतका तत्कालीन अधिकृत पक्राउ
चितवन । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भरतपुरका ५९ वर्षीय रिठ्ठे दमाई रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले बताए। उनले एक करोड १७ लाख राजश्व हिनामिना गरी फरार भएको डिआइजी थापाले बताए।राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए,डिआइजी थापाले भने,एक करोड १७ लाख ‍हाराहारीको हिनामिना ...

पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण
चितवन ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि एवम् पत्रकार दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत प्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । वुधबार (१२ गते) पुरस्कार रकम राप्ती नगरपालिका २ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो । इन्सेकले यस वर्ष उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीलाई सम्मान एवम् सात हजार नगद सहित पुरस्कृत गरेको थियो । मृतक राजकुमारको २ वर्षको ...

प्रचण्डले भने : केपी ओली जी  राजीनामा दिनुहोस !

प्रचण्डले भने : केपी ओली जी  राजीनामा दिनुहोस !
चितवन। विभाजित नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्ष का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै राजनीतिक दलसँग समझदारी बनाएर अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतको फैसलापपछि चितवनबाट प्रतिक्रिया दिँदै दाहालले भने, ‘अब हामी राजनीतिक दलहरुसँग समझारी बनाएर जान्छौं ।’ प्रचण्डले चितवनमा गरेको सम्बोधनको बुँदागत अंश  देशभरीका सबै पार्टींलाई आआफ्नो ढंगले विजय र्‍यालीका रूपमा मनाउन आग्रह गर्दछु । बौद्धिक समुदाय, न्यायिक क्षेत्रमा काम गर्ने, पत्रकार सबैको विजय हो । न्य...

कालिका मोटरसाईकल पार्टस २६ वर्षमा प्रवेश

कालिका मोटरसाईकल पार्टस २६ वर्षमा प्रवेश
चितवन । पूर्वी चितवनका लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता कालिका मोटरसाईकल पार्टस सोमवारदेखी २६ औं वर्षमा प्रवेश गरेको छ । २६ औं वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम नगरिएपनि सो मोटरसाईकल पार्टसले विपन्न विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्न कोषमा संकलन गर्ने रकममा वृद्धी गर्ने घोषणा गरेको छ । सो पार्टसले कालिका यामाहा कोष स्थापना गरेर सोही कोष मार्फत विपन्न,गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिरहेको छ । प्रति मोटरसाईकल र स्कुटर विक्रीबाट दुई दुई सय र...

प्रचण्ड माधवलाई ठुलो धक्का : इच्छाकामना गाउँपालिकामा पूर्व एमाले सबै ओलीको पक्षमा

प्रचण्ड माधवलाई ठुलो धक्का : इच्छाकामना गाउँपालिकामा पूर्व एमाले सबै ओलीको पक्षमा
मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी विभाजनको असर चितवनको इच्छाकामना गाउँपालिकामा पनि प्रष्ट देखिएको छ। इच्छाकामनामा नेकपा विभाजनको असर पूर्व एमाले र पूर्व माओवादी आ–आफ्नै कित्तामा उभिएको देखिएको हो। सोमबार ओली समूहले चितवनमा ५९९ जनाको जिल्ला महाधिवेशन आयोजक कमिटि गठन गरेसँगै इच्छाकामनामा पनि नेकपा विभाजनको असर प्रष्ट देखिएको हो। ओली समूहको जिल्ला महाधिवेशन आयोजक कमिटिमा इच्छाकामना गाउँपालिकाबाट मात्रै २६ जना सदस्यमा परेका छन्। नेकपाका तात्कालिन अध्यक्ष दान बहादुर गुरुङ, वडाध्य...