चितवन। विभाजित नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्ष का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै राजनीतिक दलसँग समझदारी बनाएर अघि बढ्ने बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापपछि चितवनबाट प्रतिक्रिया दिँदै दाहालले भने, ‘अब हामी राजनीतिक दलहरुसँग समझारी बनाएर जान्छौं ।’

प्रचण्डले चितवनमा गरेको सम्बोधनको बुँदागत अंश 
देशभरीका सबै पार्टींलाई आआफ्नो ढंगले विजय र्‍यालीका रूपमा मनाउन आग्रह गर्दछु ।

बौद्धिक समुदाय, न्यायिक क्षेत्रमा काम गर्ने, पत्रकार सबैको विजय हो । न्याधीशहरूको साहसिक फैसला हो, म उहाँहरूलाई पनि बधाई दिन चाहान्छु ।

जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भने ती सबैलाई बधाई भन्न चाहान्छु । अब हामी राजनीतिक दलहरूसँग समझदारी बनाएर जान्छौं ।

केपी ओलीको भ्रममा रहेका सबै पार्टीका साथीहरूलाई भ्रममुक्त हुन अपिल गर्न चाहन्छु ।

केपी ओली जी यदि तपाईंमा अलिकति पनि लाज सरम छ भने राजीनामा दिनुहोस् ।

तपाईको प्रतिक्रिया