Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । नेपाल बाल संगठन चितवनको जिल्ला भेला तथा सातौं अधिवेशनले रविकिरण पौडेलको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । समितिको सदस्यमा हेमा पौडेल, मुकुन्द प्रसाद विडारी, हरीकृष्ण शर्मा चापागाईं, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई रहेका छन् ।

११ सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिनुभयो । निर्वाचित समितिका पदाधिकारीलाई नेपाल बाल संगठन केन्द्रीय समितिका अध्यक्ष विद्या न्यौपानेले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

चार वर्षीय कार्यकालको लागि निर्वाचित समितिका सभापति रविकिरण पौडेलले चितवनको बाल संगठनले बालबालिकाको क्षेत्रमा परिवर्तन ल्याउने गरि प्रतिवद्दता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया