
चितवन । वन र जीविकोपार्जन,पृथ्वी मा दिगो जीवनको आधार भन्ने नाराका साथ आज विश्व वन्यजन्तु दिवस मनाइएको छ आजै समुदायमा आधारित चोरीसिकारी नियन्त्रण युवा संजाल दिवस पनि मनाइएको छ। यसै विच संरक्षण र सरसफाई मा कार्य गरिरहेको राप्ती तटीय क्षेत्र सरसफाई अभियान चितवनले बुधवार भरतपुर २२ पटलहरमा एक विशेष कार्यक्रम गरि विश्व वन्यजन्तु दिवस सम्पन्न गरेको छ।बाल विद्याश्रम ई स्कूल मा बाघ गैंडा संरक्षण पाठशाला नाम दिई बिद्यालय का बिद्यार्थी हरुका माझ चेतनामुलक कक्षा संचालन गरेको थियो।
कार्यक्रममा संरक्षणकर्मी एवं राप्ती तटीय क्षेत्र सरसफाई अभियान चितवनका संयोजक अपिल घिमिरेले वन्यजन्तुको वासस्थान ,दुर्लव वन्यजन्तुको अवस्था ,उनीहरुको खाना,लगाएतको विषयमा सिकाउनु भएको थियो।जनावरले किन आक्रमण गर्छ रुयो अवस्थमा कसरि जोगिनेरुवन्यजन्तु लोप भएमा मानवलाई के हानी गर्छरुयिनको कसरि संरक्षण गर्ने भन्ने बारे घिमिरेले प्रसिक्षण दिनु भएको थियो।
कार्यक्रममा बिद्यालयका शिक्षक सहित ८५ जना बिद्यार्थी सहभागी रहेका थिए। विद्यालयका प्राचार्य दिपेन्द्र गौतमले कार्यक्रमले वन्यजन्तु संरक्षणमा जागरण ल्याएको भन्दै आयोजकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।