Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

सुस्मा न्यौपाने
चितवन । चितवन प्रहरीले चार किलो गाँजा सहित तीनजनालाई भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ जखेडिमाई मन्दिर स्थित प्रहरी विट गणेशस्थानबाट खटिएको गस्ती टोलीले ४ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २ बेलटाँडी बस्ने २१ बर्षका श्याम थापा क्षेत्री, सोहि स्थानका ३२ वर्षका टेकेन्द्र राजवंशी र चितवन ईच्छाकामना गाँउपालिका वडा नं. ७ का २३ वर्षका भिमराज गुरुङ रहेको डिएसपी सूर्य बहादुर थापाले जानकारी दिए ।
सिमलढापबाट भोजाडतर्फ बागमती प्रदेश ०३–००१ प १९२ नं.को मोटरसाइकल र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनिहरु पक्राउ परेका हुुन । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया