चितवन । नेपाल ट्रेड युनियन काग्रेस ७५ बर्ष पुगेको उपलक्ष्यमा जिल्ला शाखा चितवनले आज भरतपुरमा एक अन्र्तक्रिया कार्यक्रम एवं दिप प्रज्ववलन गरी स्थापना दिवस मनाएको छ । बि।स। २००३ सालमा गिरिजा प्रसाद कोईरालाले मजदुरको हक अधिकारका लागि स्थापना गरेको सस्थाले देशमा प्रजातन्त्र ल्याउन उल्लेखनिय भुमिका निर्वाह ग¥यो । कार्यक्रममा श्रमिक नेताहरुले भुमिगत एवं खुल्ला समयमा ट्रेड युनियनले गरेको कामको मुल्याङ्कन माउ पाटी नेपाली काँग्रेसले नगरेको गुनासो गर्नुभएको थियो ।
देशमा अस्थिरता र निरकुशता जति बढ्दै जान्छ उति उति श्रमिकले दुःख पाउदै जाने बताउदै आफ्ना हक र हितका लागि लोकतन्त्र अपरिहार्य भएको उहाँहरुको कथन थियो । आफुलाई श्रमजिबीका असल पहरेदार भन्ने बामपन्थिहरु सरकारमा रहदा श्रमिकहरु झन सकसमा परेको उहाँहरुको गुनासो थियो । निरङ्कुशता हटाउन स्थापना भएको ट्रेड युनियनको भुमिका आज लोकतन्त्र प्राप्ति पछि पनि अझ अपरिहार्य भएको सबै बक्ताहरुको भनाई रहेको थियो ।
नेपाल ट्रेड युनियन काग्रेस केन्द्रिय महिला उपाध्यक्ष ईन्दिरा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघ नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भट्टराई, महासंघ नेपाल ट्रेड युनियन काग्रेस बागमती प्रदेश अध्यक्ष घनश्याम चापागाई तथा जिल्ला उपाध्यक्ष सीता शर्मा ढकालले ट्रेड युनियनको भुमिका बारेमा बोल्नुभएको थियो । कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस जिल्ला शाखा चितवनका बरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
हिरक जयन्ती मनाईरहेको नेपाल ट्रेड युनियन काग्रेस औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको महासंघ हो । सस्थाले आज आफ्नो स्थापना दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाईरहेको छ ।