Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । महाशिवरात्रीको दिन जुवा खेलिरहेका एक दर्जन मानिसलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको साथबाट डेढलाख भन्दा बढि रकम समेत बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।रत्ननगर नगरपालिका वडा नं. १६ खैरेटी स्थित राम बहादुर मगरको घरमा कौडा खेलिरहेका तीन जनालाई एक लाख चौध हजार चार सय पचास रुपैँया सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिए ।

त्यसैगरी भरतपुर महानगरपालिका वडा नं. १४ बाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन ।स्थानीय दिलिप दराईको घरमा जुवा खेलिरहेको अवस्थामा सैतिस हजार पाँच सय चालीस रुपैँया सहित ९ जना पक्राउ परेका हुन । उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

रत्ननगरका कौडा खेल्नेहरु तीनजना

भरतपुर १४ मा तास खेल्नेहरु ९ जना 

तपाईको प्रतिक्रिया