×

चितवन सेरोफेरो

पोखरेलको निर्वाचन क्षेत्र नम्बर २ मा थप पाँच करोड बिनियोजन

पोखरेलको निर्वाचन क्षेत्र नम्बर २ मा थप पाँच करोड बिनियोजन
भरतपुर । अर्थ मन्त्रालयले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बिकास आयोजनाका लागि थप पाँच करोड २५ लाख रकम छुट्याएको छ । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको पहलमा क्षेत्रका विभिन्न आठवटा आयोजनाका लागि मन्त्री स्तरीय निर्णयवाट रकम छुट्याइएको हो । बसेनिबजार, लामाटोल, पदमपुर शक्तिखोर सडकलाई ७५ लाख, जुगेडि तान्द्राङ चौकिडाडा सडकलाई ७५ लाख, जलविरे ईच्छाकामना सडकलाई ७५ लाख र कालिका नपा रिङ्गरोडलाई ७५ लाख रकम परेको छ । त्यसैगरी भरतपुर -५र६ को सिमाबाटो, भरतपुर -१० रमाइलो चोक दे...

चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११६ जनाको मृत्यु

चितवनमा एक वर्षमा  सवारी दुर्घटनामा ११६ जनाको मृत्यु
चितवन । गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ । सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा...

चितवन निकुञ्जले भन्यो : यो वर्ष पनि बिक्रमबाबा मेला हुँदैन

चितवन निकुञ्जले भन्यो : यो वर्ष पनि बिक्रमबाबा मेला हुँदैन
चितवन – विश्वभर फैलिदै गएको कोरोना भाइरसको सक्रमण रोकथाम तथा नियन्त्रणका लागि चितवनमा लाग्ने बिक्रम बाबा मेला यस बर्ष पनि नहुने भएको छ । चैते दसैंको अवसरमा हरेक वर्ष चैत औंसीदेखि पूणिर्मासम्म गरी १५ दिन चितवन राष्ट्रिय निकुञ्ज भित्र लाग्ने विक्रम बाबा मेला कोरोनाको कारण गत वर्ष झै यो वर्षपनि नहुने भएको हो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले आज एक सूूचना जारी गर्दै कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भएकाले मेला नगर्ने निर्णय गरिएको जानकारी गराएको छ ।

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । उनका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन...

चितवनमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

चितवनमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
चितवन । आईतबार साँझ चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परि २० जना घाईते भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ का खड्क लामा , राप्ती ४ बस्ने बर्ष ४५का सिताराम श्रेष्ठ , खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ५० कि छनिया महतो , खैरहनी ९ कै बर्ष ४० को मगन महतो , र एकजना नाम थर वतन नखुलेको करिब २५ बर्षको पुरुष रहेको प्रहरीले जनाएको छ । त्यस्तै...

चितवनमा ट्रयाक्टर दुर्घटना हुुँदा चारजनाको मृत्यु

चितवनमा ट्रयाक्टर दुर्घटना हुुँदा चारजनाको मृत्यु
भरतपुर । चितवनमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन । राप्ती नगरपालिका वडा नं. ११ स्थित चिउरी खोला नजिकै ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्युु भएको हो अन्य १८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु भएकाहरुको परिचय खुल्न सकेको छैन । एसपी ओम अधिकारीले चारवटा एम्बुलेन्स मार्फत घाईते सबैलाई भरतपुर ल्याइएको उज्यालो खबरलाई जानकारी दिए । ११ नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर...

६ वर्षमा थपिए १०७ गैंडा, सबभन्दा धेरै चितवनमा

६ वर्षमा थपिए १०७ गैंडा, सबभन्दा धेरै चितवनमा
चितवन । चितवनमा एक सिंगे गैँडाको संख्या बढेको छ ।आज सौराहामा सार्वजनिक गरिएको गैँडा गणनाको तथ्यांक अनुसार यसअघि चितवनमा ६०५ वटा गैँडा रहेकोमा बढेर ६५२ वटा पुगेको हो । देशभर गैँडाको संख्या ७५२ वटा रहेको छ । यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए । हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । तर, कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो । यसअघि सन् २...

निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई वनमन्त्रीको फोन– हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउनू

निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई वनमन्त्रीको फोन– हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउनू
चितवन । वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरवको रुपमा रहेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी १ र २ मा करिब ५ किलोमिटर सडक निर्माणमा रोक लगाएको छ । सांसद लक्ष्मणलाल कर्णसहितको एक प्रतिनिधि टोलीले वनमन्त्री आलेसँग भेट गरी तत्काल सडक निर्माणको काम अघि बढाउने वातावरण बना...

नारायणगढ-बुटवल सडकः ‘तोकिएको अवधिमा सम्पन्न गर्न संसदिय समितिको निर्देशन

नारायणगढ-बुटवल सडकः ‘तोकिएको अवधिमा सम्पन्न गर्न संसदिय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड दिएको छ । सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउनुपर्ने औँल्याएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग निकुञ्ज भएरै जाने भएकाले त्यहाँ समस्या आउँछ भन्ने पहिले नै तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको अवधि लामो...