Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । आईतबार साँझ चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परि २० जना घाईते भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ का खड्क लामा , राप्ती ४ बस्ने बर्ष ४५का सिताराम श्रेष्ठ , खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ५० कि छनिया महतो , खैरहनी ९ कै बर्ष ४० को मगन महतो , र एकजना नाम थर वतन नखुलेको करिब २५ बर्षको पुरुष रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते भएका २० जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज , भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आईतबार साँझ राप्ती नगरपपालिका ११ नम्बर वडा कार्यालयको भवन ढलान गरि फर्कदै गर्दा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया