अश्लिल हर्कत गरेको भन्दै भरतपुर ओरालोबाट ६ जना तेस्रोलिंगी पक्राउ
गैँडाकोट । चितवनको भरतपुर ओरालो बाट ६ जना तेस्रो लिंगीहरु पक्राउ परेका छन । भरतपुर महानगरपालिका वडा नं. ३ भरतपुर ओरालो सडक खण्डबाट ६ जना तेश्रो लिंगीहरू पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।
सर्वसाधारण मानिसहरूलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत तथा गतिविधी गर्ने र होहल्ला गरी समाजमा शान्ति सुरक्षामा असर पुग्ने खालको क्रियाकलाप गर्ने गरेको भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गएराती पक्राउ परेका उनिहरुमाथी मुलुकी अपराध संहिता, २०७४ को दफा ११...


