Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती नगरपालिका(३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरो जिपले राप्ती नगरपालिका-३ झुरझुरेमा पैदलयात्री ओलीलाई मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।जिप र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया