Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

भरतपुर ।  चितवनमा २१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा ११३ जनाको स्वाब परीक्षण गर्दा चितवनका २१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएका मध्ये २० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । उनिहरु भरतपुर २,३,७,१०,११,१३,१८,२० र २५ नम्बर वडाका हुन् ।जसमध्ये २१ देखि ८२ वर्ष उमेर समूहका १० पुरुष र ३ देखि ७६ वर्ष उमेर समूहका १० महिला रहेका छन् ।

यस्तै माडी नगरपालिका १ कि ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख मणीराज महतोले जानकारी दिए । सरकारले चितवन सिहत १४ जिल्लालाई अति प्रभािवत जिल्लाकाे सूचिमा राखेकाे थियो ।

तपाईको प्रतिक्रिया