
भरतपुर । रेडियो त्रिवेणी १००।६ मेगाहर्जले नव वर्ष २०७८ सालको क्यालेण्डर लोकापर्ण गरेको छ । लोकतन्त्र दिवसको अवसर पारि रेडियोका अध्यक्ष एवं वरिष्ठ समाजसेवी तेजनारायण खरेलको अध्यक्षतामा शनिबार बिहान सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी रहनुभएको थियो ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले संचारको माध्यमद्धारा रेडियो त्रिवेणीले समाज रुपान्तरणमा खेलेको भुमिकाको उच्च प्रसंशा गर्नुभयो । साथै उहाँले आफ्नो कार्यकालमा जिल्लाका मिडिया हाउसहरु दिगो रुपमा स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष तेजनारायण खरेलले रेडियो क्षेत्रका लामो अनुभवी व्यक्तिलाई महासंघ जिल्ला शाखाले अध्यक्षको रुपमा पाएकाले चितवनका रेडियो र त्यसमा कार्यरत संचारकर्मीहरुलाई लाभ हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
रेडियोका समाचार प्रमुख हेमराज रिमालले सहजीकरण गर्नुभएको कार्यक्रममा स्टेसन म्यानेजर मुकुन्द भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा निर्देशकद्धय प्रकाश पौडेल र अर्जुन अधिकारी, साहित्यकार राधा कोईराला, शिक्षा प्रेमी नहेन्द्र खड्का, रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अविरल लगायतले बोल्नु भएको थियो ।सोहि कार्यक्रममा पत्रकार महासंघ चितवनका नव निर्वाचित अध्यक्ष नारायण प्रसाद अधिकारीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।