चितवनका थप ८० जनामा कोरोना संक्रमण पुष्टि
चितवन–चितवनमा थप ८० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ८० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।


