Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

सुमन पौडेल 

भरतपुर । चितवन समाज आयरल्याण्डले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाइ आर्थिक सहयोग गरेको छ । शनिबार रङ्गशाला परिसरमा आयोजित एक कार्यक्रमका बिच समाजका महासचिव विबेक राज सपकोटाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसु लाई तीन लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै अध्यक्ष धुर्मुसले कठिन परिस्थितिमा पनि बिदेशी भुमिमा रहेर बगाएको रगत पसिनाको कमाइ संकलन गरि सहयोग उपलब्ध गराएको भन्दै दाता संस्था चितवन समाज आयरल्याण्डका अध्यक्ष चेतराज ओली र सम्पुर्ण आयरल्याण्ड वासी सहयोगी नेपालीहरु प्रती आभार ब्यक्त गर्नु भयो ।

सोही अवसरमा समाजका महासचिव सापकोटाले जनस्तरबाट निर्माणाधिन रङ्गशालालाइ सम्पन्न गराउन सरकारदेखि गैर आवसिय नेपाली सम्मलाइ सहयोगको निम्ति आव्हान गर्नुभयो । चितवन समाज आयरल्याण्डका सदस्य मुकुन्द भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षाप्रेमी ज्ञानराज सापकोटा र पत्रकार हेमराज रिमालको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया