×

चितवन सेरोफेरो

चितवनमा १० जना कोरोना संक्रमितको मृत्यु

चितवनमा १० जना कोरोना संक्रमितको मृत्यु
भरतपुर । चितवनका अस्पतालहरुमा पछिल्लाे २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)  मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो । त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालका आईसीयूमा २४० जना, भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । योसँगै चितवनका सबै अस्पतालहरुमा ४३० जना कोरोना संक्रमितह...

पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामग्री सहयोग

पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामग्री सहयोग
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखालाई विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेटशनल ३२५ बी टुले आज माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका हुन् । तीन वटै संस्थाले एक एक सय थान माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका छन् । उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले आज संघको कार्यालयमा आयोजित संक्षित कार्यक्रममा महासंघका अध्यक्ष नाराय...

चितवनका अस्पतालमा हेलिकोप्टरबाट ल्याउन थालियो कोरोना संक्रमित

चितवनका अस्पतालमा हेलिकोप्टरबाट ल्याउन थालियो कोरोना संक्रमित
रासस चितवन । काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा कोरोना संक्रमितहरू ल्याउन थालिएको छ।चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो। जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ।यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ। ...

चितवनमा रेम्डेसिभिरको कालोबजारी, एक भाइलको ३५ हजार रुपैयाँ !

चितवनमा रेम्डेसिभिरको कालोबजारी, एक भाइलको ३५ हजार रुपैयाँ !
चितवन । कोरोना संक्रमित बढेसँगै चितवनमा ‘रेम्डेसिभिर’को कालोबजारी हुन थालेको छ।कोरोना संक्रमितका आफन्तले सघन उपचार गराइरहेका बिरामीका लागि उपयोगी हुने भनिएको औषधी रेम्डेसिभिर कालोबजारबाट खरिद प्रयोग गर्दै आएको खुलेको छ। औषधि व्यवस्था विभागले एक हप्ताको अवधिमा २२२ भाइल रेम्डेसिभिर चितवन पठाएको उल्लेख गरेको छ। यहाँको चितवन मेडिकल कलेजलाई १०२, पुरानो मेडिकल कलेजलाई ४८ र भरतपुर अस्पताललाई दुई पटकमा गरेर ७२ भाइल रेम्डेसिभिर पठाएको विभागको सूचनामा उल्लेख छ।तर, गम्भीर अवस्थाका को...

चितवनमा एकैदिन धेरै कोरोना संक्रमित, थप ३९२ जनामा संक्रमण

चितवनमा एकैदिन धेरै कोरोना संक्रमित, थप ३९२ जनामा संक्रमण
चितवन  । चितवनमा आज अहिलेसम्मकै सबैभन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकै दिन थप ३९२ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका अस्पतालहरुमा १६४ जना र घरमा दुई हजार १४३ जना आइ...

चितवनकाे रत्‍ननगरका मेयर र उपमेयर चढ्ने गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान प्रयाेग गरिने

चितवनकाे रत्‍ननगरका  मेयर र उपमेयर चढ्ने गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान प्रयाेग गरिने
चितवन। चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो । कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि मेयर नारायण व...

एनआरएनए एनसिसिको केन्द्रीय सदस्य पदमा चितवनका प्रदिपकाे उम्मेदवारी

एनआरएनए एनसिसिको केन्द्रीय सदस्य पदमा चितवनका प्रदिपकाे उम्मेदवारी
चितवन । चितवनको भरतपुरका प्रदिप पौडेलले एनआरएनए एनसिसिको बोर्ड अफ ( केन्द्रीय सदस्य ) पदमा मनोनयन दर्ता गराउनु भएको छ । आगामी मेको अन्तिम साता हुने निर्वाचनमा अमेरिकाका २० हजारबढी मतदाताले मतदान गर्नेछन् । संसारकै सबैभन्दा ठूलो गैरआवासीय राष्ट्रिय समन्वय परिषद् (एनसिसि)  हो । आगामी दुई वर्ष कार्यकालका लागि हुने निर्वाचनमा राज्य र केन्द्रीय स्तरका गरी चार सयबढी उम्मेदवार चुनावी मैदानमा रहेका छन् । लामो समय प्राध्यापन क्षेत्रमा बिताउनु भएका पौडेल कुशल प्राध्यापक, रणनीतिकार, ...

चितवनमा कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या

चितवनमा कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या
चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं। ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो । यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ । ...

भरतपुरकाे सीएमसीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

भरतपुरकाे सीएमसीमा  थप दुई जना कोरोना संक्रमितको मृत्यु
चितवन  । चितवन मेडिकल कलेज भरतपुरमा आज (बुधबार) थप दुई जना कोरोना भाइरस कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । आज दिउँसो रुपन्देहीकी अन्दाजी ५० वर्षकी एक महिला र भरतपुर महानगरपालिका–८ का अनदाजी ६० वर्षका एक पुरुष संक्रमितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि आजै विहान रुपन्देहीका तीन र नवलपरासी पूर्व गैंडाकोट–११ का एक पुरुष गरी चार जनाको मृत्यु भएको थियो ।