Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन  । चितवन मेडिकल कलेज भरतपुरमा आज (बुधबार) थप दुई जना कोरोना भाइरस कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

आज दिउँसो रुपन्देहीकी अन्दाजी ५० वर्षकी एक महिला र भरतपुर महानगरपालिका–८ का अनदाजी ६० वर्षका एक पुरुष संक्रमितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि आजै विहान रुपन्देहीका तीन र नवलपरासी पूर्व गैंडाकोट–११ का एक पुरुष गरी चार जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया