Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखालाई विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेटशनल ३२५ बी टुले आज माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका हुन् । तीन वटै संस्थाले एक एक सय थान माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका छन् ।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले आज संघको कार्यालयमा आयोजित संक्षित कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जीवि सुवेदी, सदस्यहरु सिरिष पन्त र विकास थापाको उपस्थिति थियो । महासंघका सल्लाहकार तिलक रिमाल र उपाध्यक्ष प्रकाशमणि ज्ञवाली कार्यक्रममा सहभागी हुनुभएको थियो ।
यस्तै उद्योग संघका अध्यक्ष राजु पौडेलले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा महासंघका अध्यक्ष अधिकारीलाई संघका प्रेस सल्लाहकार नियुक्त गरिएको थियो । कार्यक्रममा महासंघलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का गभर्नर इलेक्ट रामप्रसाद भट्टले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा डिष्ट्रिक कोअर्डिनेटर, दिननाथ न्यौपाने, लायन्सका कोभिड प्रोटेक्सन टिमका संयोजक सिद्धार्थलाल चुके, क्याबिनेट ट्रेजरर नारायणप्रसाद शर्मा, लायन्स लिडरहरु कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, सुरेश श्रेष्ठ, शिव पण्डित, बालगोपाल चुके र प्रशान्तकुमार पियाको उपस्थिति रहेको थियो ।
महासंघले प्राप्त सामग्री आजैबाट सदस्यहरुलाई वितरण थालेको छ । यी सामग्री एक लाख ५० हजार रुपैयाँ बराबरका रहेका छन् । सामग्री कोरोना माहामारीको समयमा अग्रभागमा रहेर सूचना प्रवाह गर्नुपर्ने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षामा सहयोगी हुनेछन् ।

तपाईको प्रतिक्रिया