Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

भरतपुर । चितवनका अस्पतालहरुमा पछिल्लाे २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)  मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालका आईसीयूमा २४० जना, भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । योसँगै चितवनका सबै अस्पतालहरुमा ४३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया