×

चितवन । चितवनको भरतपुरका प्रदिप पौडेलले एनआरएनए एनसिसिको बोर्ड अफ ( केन्द्रीय सदस्य ) पदमा मनोनयन दर्ता गराउनु भएको छ । आगामी मेको अन्तिम साता हुने निर्वाचनमा अमेरिकाका २० हजारबढी मतदाताले मतदान गर्नेछन् ।

संसारकै सबैभन्दा ठूलो गैरआवासीय राष्ट्रिय समन्वय परिषद् (एनसिसि)  हो । आगामी दुई वर्ष कार्यकालका लागि हुने निर्वाचनमा राज्य र केन्द्रीय स्तरका गरी चार सयबढी उम्मेदवार चुनावी मैदानमा रहेका छन् । लामो समय प्राध्यापन क्षेत्रमा बिताउनु भएका पौडेल कुशल प्राध्यापक, रणनीतिकार, अन्तर्राष्ट्रिय व्यापार, राजनीति र विकासविद् हुन् । त्रिभुवन विश्वविद्यालयबाट कानुन र शिक्षामा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पौडेल अमेरिकाको स्टेयर युनिभर्सिसिटी वासिन्टनडिसीबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका अनुभवी र पाका व्यक्तित्वका रुपमा सबैमाझ परिचित हुनुहुन्छ ।

नेपालमा रहँदा प्राध्यापक संघको तीन पटक केन्द्रीय प्रतिनिधि, पब्लिक कलेज संघ चितवनका सदस्य, प्राध्यापक संघ बालकुमारी कलेजको ईकाई सभापति समेत भईसक्नु भएका पौडेल प्रजातान्त्रिक विचार समाज, शान्ति समाज, नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब, क्षयरोग निवारण संस्था लगायतका संघ संस्थासँग पनि आवद्ध हुनुहुन्थ्यो ।

कलेज प्रशासनिक जिम्मेवारीमा व्यवस्थापन संकायको प्रमुख भएर पाँच वर्षको कार्यकाल पूरा गर्नुभएका पौडेल नेपाली कांग्रेस भरतपुरका निर्वाचित कोषाध्यक्ष समेत भएर काम गरेको लामो अनुभव छ । यस पटक १२ जनाका लागि चार गुणा बढी प्रतिस्पर्धी चुनावी मैदानमा रहँदा समेत पौडेल भने आफ्नो सामाजिक कार्यमा विताएको समय र दिएको योगदानका आधारमा निर्वाचित हुनेमा ढुक्क हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया