Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवनको कालिका नगरपालिकाबाट १० जना जुवाडेहरु पक्राउ परेका छन । कालिका नगरपालिका वडा नं. ८ गैरीबारी स्थित अमर बहादुर खत्रीको घरमा तास खेलिरहेका १० जुवाडेहरु पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टाँडी र प्रहरी चौकी खोलेसिमलको संयुक्त टोलिले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीले जानकारी दिए ।
उनिहरुको साथबाट ५१ हजार ३ सय ८५ रुपैयाँ नगद बरामद भएको उनले बताए । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । पक्राउ परेकाहरुको नामावली निम्नानुसार छ ।

१.जिल्ला चितवन कालिका न.पा.९बस्ने बर्ष ३८को नगेन्द्र श्रेष्ठ
२.ऐ.ऐ.८बस्ने बर्ष ३९ को जिबन भन्ने तुलाध्बज खत्री
३.ऐ.ऐ.८बस्ने बर्ष ३१ को प्रकास थापा
४.ऐ.ऐ.९बस्ने बर्ष २४ को किशोर थापा
५.ऐ.ऐ.८बस्ने बर्ष ४० को अजित कुमार बल तामाङ
६.ऐ.ऐ.८बस्ने बर्ष ४१ को बासुदेब खत्री
७.ऐ.ऐ.८बस्ने बर्ष ४० को बुद्ध ब.मगर
८.ऐ.ऐ.८बस्ने बर्ष २४ को सुमन नेपाल
९.ऐ.ऐ.८बस्ने बर्ष १९ को रेशम प्रजा
१०.ऐ.ऐ.८बस्ने बर्ष ३३ को यादव कुमार चेपाङ

तपाईको प्रतिक्रिया