Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

भरतपुर । चितवनमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन । राप्ती नगरपालिका वडा नं. ११ स्थित चिउरी खोला नजिकै ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्युु भएको हो अन्य १८ जना
घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु भएकाहरुको परिचय खुल्न सकेको छैन ।

एसपी ओम अधिकारीले चारवटा एम्बुलेन्स मार्फत घाईते सबैलाई भरतपुर ल्याइएको उज्यालो खबरलाई जानकारी दिए । ११ नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेको ट्याक्टर सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये धेरैको अवस्था गम्भिर रहेको छ ।

तपाईको प्रतिक्रिया