
चितवन – विश्वभर फैलिदै गएको कोरोना भाइरसको सक्रमण रोकथाम तथा नियन्त्रणका लागि चितवनमा लाग्ने बिक्रम बाबा मेला यस बर्ष पनि नहुने भएको छ ।
चैते दसैंको अवसरमा हरेक वर्ष चैत औंसीदेखि पूणिर्मासम्म गरी १५ दिन चितवन राष्ट्रिय निकुञ्ज भित्र लाग्ने विक्रम बाबा मेला कोरोनाको कारण गत वर्ष झै यो वर्षपनि नहुने भएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले आज एक सूूचना जारी गर्दै कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भएकाले मेला नगर्ने निर्णय गरिएको जानकारी गराएको छ ।