Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

भरतपुर । अर्थ मन्त्रालयले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बिकास आयोजनाका लागि थप पाँच करोड २५ लाख रकम छुट्याएको छ । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको पहलमा क्षेत्रका विभिन्न आठवटा आयोजनाका लागि मन्त्री स्तरीय निर्णयवाट रकम छुट्याइएको हो ।

बसेनिबजार, लामाटोल, पदमपुर शक्तिखोर सडकलाई ७५ लाख, जुगेडि तान्द्राङ चौकिडाडा सडकलाई ७५ लाख, जलविरे ईच्छाकामना सडकलाई ७५ लाख र कालिका नपा रिङ्गरोडलाई ७५ लाख रकम परेको छ ।

त्यसैगरी भरतपुर -५र६ को सिमाबाटो, भरतपुर -१० रमाइलो चोक देखि ज्ञानदर्शनचोक सम्म सडक र ढल निमार्णका लागि एक करोड, ढुङ्गाना चोक देखि सप्तगण्डकि सम्म सडक र ढल निर्माण स्तरोन्नतिका लागि थप ७५ लाख , भरतपुर -११ देवीप्रसाद मार्ग ढल निर्माणका लागि थप २५ लाख , भरतपुर-५ धितालचोक देखि साईबाबा मन्दिर सम्म सडक स्तरोन्नतिका लागि थप २५ लाख बजेट परेको छ ।ब्यवस्थापन गरिएको यी थप बजेट चालु आर्थिक बर्षमा नै निर्माण सम्पन्न गर्ने गरि छुट्याइएको अर्थ मन्त्रालयद्वारा जारी सुचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया