Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन  । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न संघअन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्तिरकिसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्नेछ ।

कसले कतिसम्म कर्जा पाउने (रुपैयाँमा )

पशुपालक व्यक्तिरकिसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने ।
कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्मरव्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउने ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रतिकम्पनीलाई अधिकतम ५ करोड रुपैयाँसम्म ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका बिभिन्न सहकारी संस्थाहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध ४० हजारभन्दा बढी किसानहरु लाभान्वीत हुन सक्ने अपेक्षा राखिएको छ ।
यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क लाग्ने छैन ।
सम्झौताअनुसार यस्तो कर्जा कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया