×

चितवन सेरोफेरो

भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल

भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल
चितवन । सरकारले चितवनस्थित भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा पौडेललाई निर्देशक नियुक्त गरेको हुन्। हाडजोर्नी विशेषज्ञ डा. पौ‍डेल भरतपुर अस्पतालमा नै कार्यरत छन्। अस्पतालमा डा रोशन न्यौपाने निर्देशक थिए। मन्त्रालयले उनको स्थानमा डा. पौडेललाई जिम्मा दिएको हो।

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक  अवरुद्ध
पहिरोले मुग्लिन नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ । निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।प्रहरीका अनुसार ८ बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका २९ सेतिदोभानमा ठूलो पहिरो खसेको छ । अहिले निरन्तर पानी परिरहेको र तत्काल पहिरो हटाउन कठिन हुने प्रहरीले जनाएको छ ।

मेट्रो प्लाजा निमार्ण कार्य तत्काल रोक्न बिप्लव माओवादीकाे चेतावनी

मेट्रो प्लाजा निमार्ण कार्य तत्काल रोक्न बिप्लव माओवादीकाे चेतावनी
चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ३ लायन्सचोकमा निजि क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निमार्णमा बाकी काम अगाढी नबढाउन बिप्लप नेत्रित्वको नेपाल कम्युनिष्ट पाटिले चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटाले हस्ताक्षर गरेको बिज्ञप्तमिा साना तथा मझौला ब्यवसायीहरुलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुजिलाई राज्यको सम्पति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो कार्यलाई तुरुन्त रोक्न बिज्ञप्तिमा आग्रह गरिएको छ । बिज्ञप्तिमा भन...

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल डुवाउने गरी निजी अस्पताल खोल्दै पूर्व चिकित्सक-कर्मचारीहरु

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल डुवाउने गरी निजी अस्पताल खोल्दै पूर्व चिकित्सक-कर्मचारीहरु
चितवन। लामो समय वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पद र प्रतिष्ठामा बसेर राम्रो आय आर्जन गरेका चिकित्सक कर्मचारीहरुले निजी स्तरबाट अस्पताल खोल्ने क्रम बढेको छ । सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी अघि बढाउने उद्देश्यका साथ त्यही कार्यरत चिकित्सकहरु समेटेर निजी अस्पताल स्थापना गर्न शुरु गरिएको हो । क्यान्सर अस्पतालमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेका तत्कालिन कार्यकारी निर्देशक डा।भक्तमान श्रेष्ठको अगुवाईमा भरतपुरमा न्यू...

चितवनमा निषेधाज्ञा खुकुलो, पसलहरु दैनिक ६ घण्टा खोल्न पाइने

चितवनमा निषेधाज्ञा खुकुलो, पसलहरु दैनिक ६ घण्टा खोल्न पाइने
चितवन-जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा भदौं २० गतेसम्म लम्ब्याएको छ । तर, निषेधाज्ञा भने खुकुलो बनाइएको छ ।प्रशासनले आज आदेश जारी गर्दै भोलि राति १२ बजेबाट २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएको हो । आदेशमा ग्यास, खाद्यान्न, तरकारी, दूध जस्ता अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म र दूध डेरी भने साँझ ५ बजेदेखि सात बजेसम्म पनि खोल्न सकिने उल्लेख गरिएको छ । त्यस्तै इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स पसल, भाडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट ...

चितवनका सांसद खनाल एकीकृत समाजवादीमा

चितवनका सांसद खनाल एकीकृत समाजवादीमा
चितवन । एमाले चितवनका नेता तथा वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले नेकपा एमाले त्याग गरेका छन् । मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेपछि नेकपा एमाले त्याग गरेका हुन् । उनले केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ नम्बरमा सनाखत गरेका छन् । उनी निकट स्रोतले जनाएअनुसार मन्त्री खनाल मंगलबार साँझ हेटौंडाबाट सिधै चन्द्रागिरी रिसोर्ट पुगेका थिए । नेता खनाल यसअघि नेकपा एमाले चितवनको अध्यक्ष थिए । उनी चित...

खनाल सेवा केन्द्रिय समितिको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

खनाल सेवा केन्द्रिय समितिको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
खनाल सेवा केन्द्रिय समितिको आयोजनामा आज बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। खनाल सेवा केन्द्रिय समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री कृष्णप्रसाद शर्मा खनाल ज्यु लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सो कार्यक्रममा राजेश्वर खनाल कपिल बाबू खनाल, अर्जुन खनाल, प्रा.डा नारायणप्रसाद खनाल, जगदीश्वर खनाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। मन्त्री खनालले आफ्नो खनाल वंशमा आ...

चितवन निकुञ्जमा मृत गैँडा फेला

चितवन निकुञ्जमा मृत गैँडा फेला
नवलपुर । चितवन राष्ट्रिय निकुुञ्जमा आज एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुन्जको पश्चिमी सेक्टर मातहत कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले सो गैँडा दलदल परेर भासिन पुगी मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भयो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको पनि उहाँले बताउनु भयो ।

चितवनका अधिकांश चिकित्सकको ‘काउन्सिलिङ’ कमजोर

चितवनका अधिकांश चिकित्सकको ‘काउन्सिलिङ’ कमजोर
चितवन १६ वर्ष अघि नारायणगढको शहीदचोकमा प्रहरीको राईफलको कुन्दाले कुटिएर ढाडमा ट्यूमर पलाएपछि उपचारका लागि काठमाण्डौं पुग्नु भएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ परामर्श बाट निकै प्रभावित हुनुभयो । त्यसो त आफ्नै घरमा चिकित्सक रहे पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनु भएन । अधिकांश चिकित्सकको परामर्शमा कमजोर हुँदा अस्पतालहरुमा धेरै समस्या आउने गर्दछन् । उठि उठि बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन् । शल...