×

चितवन सेरोफेरो

प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने

प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने
चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्कारका लागि पत्रकार छनौट गर्न प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका स...

कालिका नगरपालिकाकाे बेरुजु चितवनका स्थानीय तहहरु मध्ये सबैभन्दा कम

कालिका नगरपालिकाकाे बेरुजु  चितवनका स्थानीय तहहरु मध्ये सबैभन्दा कम
चितवन । चितवनको कालिका नगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको २०७६÷७७ को लेखा परीक्षणमा जिल्लाका सात स्थानीय तह मध्ये कालिकाको सबै भन्दा कम देखिएको हो । साथै बागमती प्रदेशको ११९ स्थानीय तहमध्ये कम बेरूजु हुने स्थानीय तहको श्रेणीमा कालिका चौथो हुन सफल भएको छ । नेपालको ७५३ स्थानीय तह मध्य कम बेरूजु आउने २५ स्थानीय तह भित्र कालिका नगरपालिका पर्न सफल भएको लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए । सो आर्थिक बर्षमा कालिका नग...

सामाजिक विकास मन्त्री खनाललाई रत्ननगरमा स्वागत तथा बधाई

सामाजिक विकास मन्त्री खनाललाई रत्ननगरमा स्वागत तथा बधाई
रत्ननगर। बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा नियुक्त भएका चितवनका नेता कृष्णप्रसाद खनाललाई रत्ननगरमा स्वागत गर्दै बधाई दिइएको छ । रत्ननगर नगरपालिकाले कार्यक्रमको आयोजना गरी मन्त्री खनाललाई कार्यकालको सफलताको लागि बधाई दिएको हो । कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडीले टोपी र दोसल्ला,वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुले खादा लगाइदिएर स्वागत तथा बधाई दिएका हुन । सो अबसरमा मन्त्री खनालले जनस्तरबाट बनेको रत्ननगर अस्पताल र जिल्ला आयुर्वेदिक अस्पतालको विकासको...

चितवनमा काेराेना संक्रमणबाट थप चारजनाकाे मृत्यु

चितवनमा काेराेना संक्रमणबाट थप चारजनाकाे मृत्यु
चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार २२९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा उपचाररत मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये चितवनका १ जना रहेका छन् ।

अब चितवनबाटै लाइसेन्सको नविकरण हुने

अब चितवनबाटै लाइसेन्सको नविकरण हुने
चितवन ।चितवनमै सवारी चालक अनुमती पत्र लाइसेन्स को नविकरण हुने भएको छ । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गरेका हुन । अबको केही दिनपछि चितवनबाटै साना–ठूला सबै सवारी साधन चालकको लाइसेन्स नविकरण हुनेछ । यस्तै नयाँ लाइसेन्स लिनका लागि पनि चितवनको आँपटारीमा रहेको जग्गामा संरचना निर्माणको काम अघि बढाउने तयारी गरिएको मन्त्रालयका सचिव संजीव वरालले  जानकारी दिए ।   &n...

अध्यादेशको बिरोधमा चितवनमा प्रधानमन्त्री देउवाको पुत्ला दहन 

अध्यादेशको बिरोधमा चितवनमा प्रधानमन्त्री देउवाको पुत्ला दहन 
चितवन । सरकारले ल्याएको अध्यादेशको बिरोध गर्दै आज चितवनको भरतपुर स्थित चौबीसकोठीमा युवाहरुले बिरोधसभा तथा पुत्लादहन गरेका छन । सरकारले हिजो ल्याएको पार्टी बिभाजन गर्ने अध्यादेशको बिरोध गर्दै नेकपा एमाले निकटका युवा तथा विद्यार्थीहरुले सो कार्यक्रम गरेका हुन । राष्ट्रिय युवा संघ नेपाल चितवनको आयोजनामा भएको सो कार्यक्रममा उनीहरुले सरकारले ल्याएको सो अध्यादेश एमाले फुटाउने उध्येश्यका साथ आएको भन्दै तत्काल फिर्ता नलिए सशक्त प्रतिकार गर्ने समेत चेतावनी दिएका छन । उनीहरुले अध्या...

रातको समयमा तरवार बोकेर हिडेका २ जना चितवनमा पक्राउ

रातको समयमा तरवार बोकेर हिडेका २ जना चितवनमा  पक्राउ
चितवन । चितवनमा रातको समयमा तरवार बोकेर हिडेका २ जना  पक्राउ परेका छन् । रत्ननगर नगरपालिका वडा नं. ११ सितलटोल स्थित कच्ची सडकखण्डमा तरवार सहित २ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं. ११सितलटोल बस्ने बर्ष ३२ को सरोज तामाङ र सोहि स्थानका बर्ष २० का समिर नेपाली रहेका छन् । उनिहरुको साथबाट २ फिट ८ ईन्च लामो तरबार बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य सुरु गरिएको छ ...

नारायणगढको लायन्सचोकमा एक युवकको शव फेला

नारायणगढको लायन्सचोकमा एक युवकको शव फेला
चितवन – भरतपुर महानगरपालिका ३ नारायणगढको लायन्सचोकमा एक वेवारिसे शव फेला परेको छ । लायन्सचोकस्थित शुभम पेट्रोल पम्प अगाडि चौतारामा एक युवकको शव फेला परेको छ । आज सोमाबर बिहान ११ बजे अन्दाजी २७-२८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । मृतक वेवारिसे सडक मानव हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुखुराको सुलीबाट बिजुली : ६२ केभीएको जेनेरेटर चल्दै

कुखुराको सुलीबाट बिजुली : ६२ केभीएको जेनेरेटर चल्दै
चितवन । कुखुराको सुलीबाट ६२ केभीएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा संकलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत शुरुवात गरेका छन् । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिएको छ । उनका अनुसार सुलीबाट मासिक एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालिमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको ...