चितवन । चितवनको कालिका नगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको २०७६÷७७ को लेखा परीक्षणमा जिल्लाका सात स्थानीय तह मध्ये कालिकाको सबै भन्दा कम देखिएको हो ।

साथै बागमती प्रदेशको ११९ स्थानीय तहमध्ये कम बेरूजु हुने स्थानीय तहको श्रेणीमा कालिका चौथो हुन सफल भएको छ । नेपालको ७५३ स्थानीय तह मध्य कम बेरूजु आउने २५ स्थानीय तह भित्र कालिका नगरपालिका पर्न सफल भएको लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए ।

सो आर्थिक बर्षमा कालिका नगरपालिकाको बेरुजु ०.६५ प्रतिशत मात्र रहेको छ । भरतपुर महानगरको बैरुजु २.०२,रत्ननगर नगरपालिकाको बेरुजु २.२८,राप्ती नगरपालिकाको बेरुजु ०.९१,खैरहनी नगरपालिकाको बेरुजु १.९५,माडी नगरपालिकाको बेरुजु ३ र इच्छाकामना गाउँपालिकाको बेरुजु ३।४७ प्रतिशत रहेको महालेखाले जनाएको छ ।

कालिकाका मेयर खुमनारायण श्रेष्ठले नगरपालिकाको बेरुजु शुन्यमा झार्ने अभियानमा रहेको बताए । बेरुजु अनियमितता होइन उनले भने यसले गलत सन्देश गएको छ,हामी शुन्यमा झार्दैछौं ।

तपाईको प्रतिक्रिया