×

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार २२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा उपचाररत मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये चितवनका १ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया