चितवन ।चितवनमै सवारी चालक अनुमती पत्र लाइसेन्स को नविकरण हुने भएको छ । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गरेका हुन । अबको केही दिनपछि चितवनबाटै साना–ठूला सबै सवारी साधन चालकको लाइसेन्स नविकरण हुनेछ ।

यस्तै नयाँ लाइसेन्स लिनका लागि पनि चितवनको आँपटारीमा रहेको जग्गामा संरचना निर्माणको काम अघि बढाउने तयारी गरिएको मन्त्रालयका सचिव संजीव वरालले  जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया