×

चितवन सेरोफेरो

राप्ती वडा नम्वर २ का ५२ युवा विप्लव नेतृत्वको नेकपामा प्रवेश गरे

राप्ती वडा नम्वर २ का ५२ युवा विप्लव नेतृत्वको नेकपामा प्रवेश गरे
चितवन ३० ।विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा संगठन विस्तार कार्यक्रमलाई आक्रामक रुपमा अगाडि बढाएको छ । प्रतिवन्ध फुकुवा भएर खुल्ला राजनीतिमा आएपछि पार्टीले अहिले देशव्यापी रुपमा संगठन बिस्तार र पार्टीको योजना जनतामाझ अगाडि बढाउदै लगेको हो । शनिबार मात्रै पु्र्वी चितवन राप्ती नगरपालीका वडा नम्वर २ का ५२ जना युवा अन्य पार्टी परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका छन् । वडाको वडा भेला कार्यक्रममा ५२ जना युवाहरु पार्टीको नीति र कार्यक्रमलाई साथ दिदै पार्टीमा स...

नारायणगढमा मास्क अभियान सम्पन्न

नारायणगढमा मास्क अभियान सम्पन्न
मनोज घिमिरे चितवन । दियालो रोड टोल विकास समिति तथा दियालो आमा समुह नारायणगढको संयुक्त आयोजनामा शनिवार मास्क अभियान सम्पन्न गरिएको छ । “माहामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता“ भन्ने मूल नाराका साथ मास्क अभियान सम्पन्न गरिएको दियालो रोड टोल विकास समितिले जनाएको छ । मास्क अभियानमा “तपाईंको मास्क खै “ ,“मास्क लगाउनु नै आजको आवस्यकता“ , “भौतिक दुरि कायम गरौं“ ,“घरबाट बाहिर निस्कदा म मास्क लगाउने छु“ जस्ता नारा अंकित प्ले कार्डका साथ अभियान ...

भरतपुर विमानस्थलमा आगलागी

भरतपुर विमानस्थलमा आगलागी
चितवन–भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उहाँले ब...

रत्ननगरको बार्षिक समीक्षा : कार्यसम्पादन उपलब्धी मुलक

रत्ननगरको बार्षिक समीक्षा : कार्यसम्पादन उपलब्धी मुलक
चितवन  । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा गरेका कामहरुको वार्षिक समीक्षा गरिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुसरण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिकाका शाखाहरु तथा वडा कार्यालयबाट सम्पादन भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । नगरपालिकाले गत आर्थिक बर्षमा १० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएक...

चितवनमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट थप पाँच जनाको  मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमणबाट आज एकै दिन पाँच जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृतकहरु मध्ये चितवनका दुई जना, नवलपरासीको एक जना, बर्दियाको एक जना र अर्घाखाँचीको एक जना रहेका छन् ।त्यसैगरी चितवनका अस्पतालहरुमा कोरोनाका गम्भीर बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालमा अहिले २५३ जना बिरामीले उपचार गराइरहेका छन् ।

जग्गा प्लटिङ प्रकरण : माडी नगरपालिकालाई अख्तियारको पत्र

जग्गा प्लटिङ प्रकरण : माडी नगरपालिकालाई अख्तियारको पत्र
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्लटिङ तथा जथाभावी कित्ताकाट गरेको प्रकरणमा चितवनको माडी नगरपालिकालाई पत्र पठाएको छ।संघीय सरकारको निर्देशन र कानूनविपरीत जग्गा प्लटिङ तथा कित्ताकाटका लागि स्वीकृत र विभिन्न व्यक्ति तथा संस्थालाई मनोमानी रुपमा सार्वजनिक जग्गा भाडामा दिएको विषयमा जवाफ पेश गर्न अख्तियारले माडी नगरपालिकालाई पत्र पठाएको हो। ८ साउनमा अख्तियारकी नापी अधिकृत राधिका तिमल्सेनाले पठाएको ‘अत्यन्त जरुरीरगोप्य’ पत्रमा कागजात पनि पेश गर्न भनिएको छ। २४ साउन...

भरतपुर महानगरले दियो महानगरका ५ सरकारी बिद्यालयलाई स्कुल बस

भरतपुर महानगरले दियो महानगरका ५ सरकारी बिद्यालयलाई स्कुल बस
चितवन । भरतपुर महानगरले महानगरका ५ वटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उदेश्य सहित महानगरले नारायणी नमुना मावि भरतपुर १०,कविलास मावि भरतपुर २९,भिमनगर मावि भिमनगर, प्रभात मावि शुक्रनगर र लक्ष्मि मावि जगतपुरलाई स्कुल बस हस्तान्तरण गरेको होमहानगरमा एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रअ लाई बसको साचो हस्तान्तरण गरेर बिद्यालयलाई बस प...

भूमि आयोग खारेजको विरोधमा आज चितवनमा विरोध प्रदर्शन हुँदै

भूमि आयोग खारेजको विरोधमा आज चितवनमा विरोध प्रदर्शन हुँदै
चितवन । सरकारले भूमि समस्या समाधान आयोग सुकुम्बासी आयोग खारेज गरेको विरोधमा आज सोमबार भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन हुने भएको छ । नेकपा एमालेले विरोध प्रदर्शन गर्न लागेको हो । नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले लाखौं भूमिहिन र अव्यवस्थित बसोबासीको सपनालाई भताभुङ्ग पार्ने सरकारको कदमको विरोध गर्न लागिएको बताउनुभयाे ।  उहाँले भन्नुभयो “लाखौं भूमिहिन जनताको समस्यामा एक्यबद्धता जनाउन हामी न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध गर्दर्छौ ।” सरक...

चितवनमा पहिलोपटक नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) काे परिक्षा केन्द्र

चितवनमा पहिलोपटक नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) काे परिक्षा केन्द्र
चितवन । भरतपुर महानगरपालिका ११ स्थित नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) सेन्टर स्थापना भएको छ । जिल्लामा नै पहिलो पटक नारायणी पब्लिक कलेजमा सीए परिक्षाको सेन्टर तोकिएको हो। नेपाल चार्टर एकाउन्टेन्टका परीक्षा संयोजक सनोज भट्टाराईले सीए सेन्टर स्थापना भएसँगै चितवनमा सीए अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो उहाँले सीए बन्न इच्छुक विद्यार्थीहरुले घरमा नै बसेर सजिलै परीक्षा दिन पाउने हुनाले सिए प्रतिको आकर्षक बढीहुने बताउनु भयो। नारायण...